स्याङ्जा सहयोग समाज कतारले गर्‍यो विभिन्न व्यक्तिहरुलाई सम्मान


  • स्याङ्जा सहयोग समाज कतारले गर्‍यो विभिन्न व्यक्तिहरुलाई सम्मान

    दर्शन सुनार/कतार: 'स्याङ्जा सहयोग समाजको चाहना-विशुद्ध सामाजिक सेवाको भावना' भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ।

    कतारलाई कर्म थलो बनाई स्याङ्जा सहयोग समाजमा स्थापना कालदेखि आवद्ध रहेर विभिन्न कार्यकालमा पदिय जिम्मेवारी वहन गरि समाजलाई सही मार्गनिर्देशनमा डोर्‍याउने समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको हो।

    समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा समाजका प्रमुख संरक्षक गुरुनारायाण राना भाटको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती एनसिसी कतार र कतारमा स्थापित विभिन्न संघ-सस्थांको प्रतिनिधित्व गरेकोमा समाजका संरक्षक गुरु नारायण रानाभाट,टुकराज अर्याल, कमल प्रसाद न्यौपाने,लोकमाया केसी,अजमत अलि,प्रेम बहादुर नेपाली,खडक बहादुर नेपाली, रोशन अर्याल,अर्जुन बिक र सुनिल परियारलाई समाजले  दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो ।



  • समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीको  स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि रानाभाटले शुभकामना मन्तव्यको क्रममा बोल्दै  समाजलाई सही मार्गनिर्देशनमा लैजान  हातेमालो गरेर अगाडी बढ्न थप सल्लाह सुझाव दिएका थिए । उनले सामाजिक तथा व्यक्तिगत जीवनमा सदैव प्रगतिको शुभकामना समेत व्यक्त गरेका थिए ।

    समाजका महासचिव टेक गैरेले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति  परियारले अन्तर्राष्ट्रिय समन्वय तथा कतारमा स्थापित संघ-सस्थांमा प्रतिनिधित्व गरेर समाजको नामलाई अग्रणी उचाईमा पुर्‍याउन समाजलाई दिएको योगदान र लगावंको उच्च प्रशंसा गर्दै विभिन्न पदियमा सम्मानित भएका अग्रज तथा अभिभावकहरुलाई बधाई सहित सफलताको शुभकामना व्यक्त गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *