मन्त्रिपरिषद् हेरफेरको तयारी


  • मन्त्रिपरिषद् हेरफेरको तयारी

    काठमाडौं ०२, भदौ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको साढे दुई वर्ष पूरा भएको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुनः गठन हुने भएको छ। नेकपाभित्र झण्डै दु्ई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी थालेका हुन्। पाँच वर्षे कार्यकाल लिएर २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भदौ ३ गते (बु्धबार) साढे दुई वर्ष पूरा हुँदैछ। मन्त्री हेरफेरबारे प्रधानमन्त्री समेत रहेका नेकपाका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्व तहमा छलफल सुरु भएको नेकपा नेताहरु बताउन थालेका छन्। संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद हेरफेरबारे कुराकानी हुन थालेको स्वीकार गरे। छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसबारे पनि छलफल सुरु भएको छ।’ ओलीलाई प्रधानमन्त्रीमा कायमै राखेर मन्त्रिपरिषद् पुनः गठन गर्ने, महत्वपूर्ण नियुक्तिहरु पार्टीकै सल्लाहअनुसार गर्ने, प्रधानमन्त्री ओलीले कार्यशैली बदल्ने, महाधिवेशनको तयारी अघि बढाउनेलगायका विषयमा ओली दाहालबीच मोटामोटी सहमित भएपछि त्यसलाई व्यवस्थित बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ। सोमबार बिहान बसेको सचिवालय बैठकले दुई अध्यक्षले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। कार्यदलले प्रतिवेदन पेश गरेर त्यसलाई सचिवालयले अनुमोदन गरेर पार्टीभित्रको विवाद सकिए लगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी ओली दाहालले गरेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *