स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’


  • स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’

    काठमाण्डौं : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गतेबाट नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको लागी विभिन्न स्थानीय वितरकलाई नै जिम्मा दिइएको छ ।

    चलचित्रले पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा साथै जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

    म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशक, आशिष अविरलको संगीत रहेको छ । यस चलचित्रमा रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्मातामा रहेका छन्।



  • षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय रहेको छ।

    चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गर्नुका साथै दर्शकको माया पाउनेमा विश्वस्त रहेको निर्माण पक्षले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *