नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई


  • नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई

    दर्शन सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले नेपाल मगर मगर साँस्कृतिक परिवारमा आवद्ध रहेकी कलाकार कोपिला श्रेष्ठलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ ।

    नेपाल मगर संघ साँस्कृतिक परिवारमा २०२१ देखि आवद्ध रहेकी कलाकार श्रेष्ठ कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबीच कलाकार श्रेष्ठलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो ।

    संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर साँस्कृतिक परिवार कतारका कलाकारहरूले कोपिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा संघको मातहतमा रहेका विभिन्न बिभाग तथा एरिया समितीका अध्यक्ष तथा नेपाल मगर साँस्कृतिक  परिवारमा आवद्ध रहेका कलाकारहरुको उपस्थिति रहेको थियो । संघमा आवद्ध रहेका कलाकारहरुले श्रेष्ठलाई मायाको कोसेली ,उपहार प्रदान गरेका थिए ।



  • नेपाल मगर साँस्कृतिक परिवारका अध्यक्ष ओम थापा मगर, तथा नेपाल मगर संघ शाखा कतारका सल्लाहकार सद्स्य तथा नेपाल मगर संघ साँस्कृतिक परिवारका नृत्य निर्देशक जनक थापा मगरले शुभकामना बोल्दै कला र गलाको खानी भएकी कलाकार श्रेष्ठलाई बिदाई गर्दा आफुलाई निकै दुख लागेको बताउदै सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए ।

    श्रेष्ठ संस्थागत बिदाइपश्चात निकै भावुक देखिएकी थिइन्। निकै भाबुक भएर शुभकामना मन्तव्य बोल्दै कतारलाई बिट मार्दै मातृभूमि जान लागेपनि संघ र संघमा आवद्ध रहेका कलाकार तथा अग्रजहरुलाई कहिल्यै न भुल्ने र आफुले सम्झिरहने बताइन्।

    महासचिव समिर थापा मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापती आले मगरले मगर संघ शाखा कतार र साँस्कृतिक परिवारलाई दिएको योगदानलाई कहिल्यै न भुल्ने बताए। नेपालको बसाई उल्लेखनीय बनोस भन्ने शुभकामना व्यक्त गर्दै कलाकार श्रेष्ठलाई शुभ यात्रा समेत व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *