नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं स्थापना दिवस


  • नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं  स्थापना दिवस

    दर्शन सुनार/कतार : "सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले ४२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ ।

    नेपाल मगर संघले शुक्रबार कतातको ग्रान्ड मलमा अबस्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा संघले ४२ औँ स्थापना दिवस मनाएको हो ।

    विधिवत उद्धघांटन ब्यानर अनावरण,दिप प्रजलन सहित अघि बढेको कार्यक्रममा राष्ट्रिय गान सहिद लखन थापा मगर तथा शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । संघका  दित्तिय उपाध्यक्ष कुमार राहाडी  मगरले स्वागत मन्तव्य राखेका थिए । स्थापना दिवस तथाबकार्यक्रमको बारेमा कार्यक्रम संयोजक दिपक एक्चाई मगरले प्रष्ट पारेका थिए ।



  • कार्यक्रममा नेपाल मगर साँस्कृतिक परिवारका अध्यक्ष,नेपाल प्रवासी मगर बचंत कोषका अध्यक्ष  लगायत संघमा आवद्ध रहेका विभिन्न एरिया तथा बिभागका पदाधिकारीहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।

    संघमा आवद्ध रहेका साँस्कृतिक परिवारका  कलाकारहरुले सामुहिक तथा एकल नृत्य प्रस्तुत गरेका थिए । प्रमुख अतिथि पुलामी मगरले मगरहरुलाई एकताको शुत्रमा बाध्नु पर्छ भनेर सन १९९७ मा मगर संघ स्थापना भएको बताउँदै कतारमा पनि सन २००० देखि नै बृहत  रुपमा स्थापना दिवस मनाउँदै आएको बताए ।
    स्थापना कालदेखि आज सम्म संस्थापक अग्रजहरुलाई नमन गर्दै स्थापना दिवसको  शुभकामना व्यक्त गरे ।

    संघका महासचिव समीर थापा मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै
    सभापती आले मगरले सस्थांपक अग्रजहरुलाई सम्झिँदै मगरहरुको स्थापना दिवसको बारेमा कार्यसमिति लगायत सम्पुर्णले अध्ययन गर्न सबैलाई आग्रह गरे। साथै, उनलेे मगर स्थापना दिवस मनाउन हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद सहित कृतज्ञता प्रकट गर्दै कार्यक्रमको समापन गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *