बालुवाटारमा प्रधानमन्त्री र रवी लामिछानेबीच भेटवार्ता


  • बालुवाटारमा प्रधानमन्त्री र रवी लामिछानेबीच भेटवार्ता
  • काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आज बिहान प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा उनीहरुबीच दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा छलफल भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।



  • दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै देशैभरका दुग्ध किसानहरु आन्दोलमा उत्रिएका थिए । यद्यपी, आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति शनिबार गरिसकेको छ । त्यस्तै चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा फागुन १२ गते शालिन मृत अवस्थामा भेटिएकी थिइन् ।

    कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएको एक साता बित्दा पनि उनको हत्या वा आत्महत्या आधिकारिक विवरण सार्वजनिक भएको छैन । शालिनको हत्या भएको भन्दै परिवारजनले छानबिनको माग गर्दै आएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *