आजै सबै मन्त्रीहरुलाई हटाउने तयारी


  • आजै सबै मन्त्रीहरुलाई हटाउने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन् ।

    प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । अब बन्ने नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन् ।



  • एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुंगो लागिसकेको छ । यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन् । माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *