मोना कतारको पाचौं सांस्कृतिक कार्यक्रम हुँदै, प्रकाश दुतराज मुख्य आकर्षण


  • मोना कतारको पाचौं सांस्कृतिक कार्यक्रम हुँदै, प्रकाश दुतराज मुख्य आकर्षण

    दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। मोना कतारले (मार्च ८) तारिक शुक्रबारका दिन संघको "२१ औ वार्षिकोत्सव"को अवसरमा मोना कतार वहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष "पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४" गर्ने लागेको हो ।

    कार्यक्रमको मुख्य आकर्षणमा म्याग्दी जिल्लामा प्रचलित थालिनाच आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका हिट कलाकार  तथा सर्जक म्याग्देली युवा गायक प्रकाश दुतराज कतार आउने भएका छ्न । साथमा नेपाली मौलिक पञ्चेबाजामा भरपुर्ण मनोरञ्जन लिन सकिने र कतारमा स्थापित  स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक बाबुराम भन्डारीले सौर्य पत्रलाई जानकारी दिए ।



  • मुल आयोजक (मोना) कतारको आयोजना तथा मोना कतार मातहतमा रहेको मोना कतार  बहुउद्देश्यीय अक्षयकोष,सांस्कृतिक र खेलकुद विभागको सह-आयोजनामा सम्पन्न हुन लागिरहेको "पाचौं विविध साँस्कृतिक कार्यक्रमको  तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सहजकर्ता तिलु शर्मा पौडेलले  बताए ।

    शुक्रबार अल लक्तामा रहेको  टयुनिसियन स्कुलको सभाहलमा दिनको ठिक १२ बजेदेखि  कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। कार्यक्रममा सबैलाई उपस्थितिको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले अनुरोध समेत गरेको छ ।भने सौर्यपत्र अनलाइन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीका रुपमा रहेको छ ।

    "प्रवासी म्याग्देली दृष्टि,सम्बृद्ध म्याग्देली सृष्टि" भन्ने मुल नाराका साथ उक्त सामाजिक संस्था सन २००३ मा स्थापना भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *