नेपालगंजमा भयानक दुर्घटना,एकको मृत्यु


  • नेपालगंजमा भयानक दुर्घटना,एकको मृत्यु

    नेपालगन्ज:बांकेको नेपालगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती ९ बजे कारकादो डोके बजार अगाडि बसको ठक्करबाट भारतिय नागरीक अनिल कुमारको मृत्यु भएको हो ।

    सोमबार राती नेपालगंज कारकादो डोके बजार नजिक भारतको दिल्लिबाट अर्घाखाँची जान लागेको लु१ख २१४२ नम्बरको नेपाल भारत मैत्री बस सेवा लेखेको बसले भारतिय UP 40 AJ 7233 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट मोटरसाइकल चालक बसको भित्र च्यापिएको अवस्थामा चालकलाई निकाली अस्पताल तर्फ लगिएको प्रत्यक्षदर्शीले बताए । उपचारको लागी जादै गर्दा चालक अनिल कुमारको बाटोमा नै मृत्यु भएको बुझिएको छ । चालक भारतिय नागरीक भएको आधार कार्डबाट पहिचान खुलेको हो ।



  • बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको बांके प्रहरीले जनाएको छ ।

    कारकादो डोके बजार नजिक यस भन्दा पहिले नयाँ बर्षमा नेपाली नम्बरको स्कार्पियोले ठक्कर दिँदा घटनास्थलै दुईजना पैदलयात्रीको मृत्यु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *