पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु


  • पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु

    काठमाण्डौं :आगामी चैत्र ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’ले पोखराबाट प्रचारप्रसारको यात्रा सुरु गरेको छ। ‘महाजात्रा’ टिमले कमेडी च्याम्पियनको टिमसँग सहकार्य गर्दै ‘महाकमेडी यात्रा’ सोमदेखी पोखराबाट सुरु गरेको हो। 

    प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रले नेपालका विभिन्न शहरमा पुगी प्रचारप्रसार साथै दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जनाएको छ ।



  • चलचित्रको प्रचारप्रसारको लागि निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार हरिवंश आचार्य, वर्षा राउत, रुपक प्रताप अधिकारी लगायत छन्। त्यस्तै, कमेडी च्याम्पियन टिमको तर्फबाट दीपाश्री निरौला, विशाल भण्डारी, सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, सुमन कोइराला लगायतका कलाकारहरु यात्रामा रहेका छन्। यो टिमले विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन समेत दिनेछन् ।

    दुई चरणमा हुने ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ २२ गते बुटवल र २५ गते धनगढीमा हुनेछ । दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई चैत्र १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुतीका साथ हुने निर्माण पक्षले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *