भव्य बन्यो मोना कतारको ५ औं विविध साँस्कृतिक कार्यक्रम


  • भव्य बन्यो मोना कतारको ५ औं विविध साँस्कृतिक कार्यक्रम

    दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । मोना कतारले शुक्रबार टयुनिसियल स्कुलको सभाहलमा संघको "२१ औ वार्षिकोत्सव" को अवसर पारेर मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष "पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४" सम्पन्न गरेको हो ।

    विधिगत उदंघाटन पञ्चेबाजासहित समुद्घाटन गर्दै केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा म्याग्देली चेली यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित मौलिक थाली नाच स्वागत नृत्य देखाएकी थिइन्। कतारमा रहेका म्होन्दोमाया गायिका माया थोकर , रोशन अर्यालले जोडदार सांगीतिक प्रस्तुति राखेका थिए । अनु विक,रिमा भुजेल,यजु सेवा,शिला गुरुङ र सोनी मगरले आफ्नो नृत्य पेश गरेका थिए । साहित्यकार सानू थपलियाले गजल र मुक्तक वाचन गरेका थिए ।

    सिमित व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना दिनेक्रममा वक्ताहरुले कार्यक्रम निकै फरक र पृथक रहेको बताउँदै कार्यक्रमको  सफलताको शुभकामना दिएका थिए। साँस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका गायन र नृत्य कलाकारहरुलाई संघले पारिश्रमिक सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोना कतारका सञ्चार संयोजक हरीकृष्ण शर्मा गौतम,लगायत विशिष्ट व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सहित संघले सम्मान गरेको थियो ।

    कार्यक्रमलाई सफलताको शुभकामना व्यक्त गर्दै सहयोगी संस्थाको रुपमा रहेका झन्डै दुई दर्जन सहयोगी संस्थाहरु र जनताखबर डटकमका पत्रकार प्रकाश दर्नाललाई सम्मान गरिएको थियो । सौर्यपत्र अन्लाईन कतारका सवांददाता तथा कार्यक्रमका अफिसियल फोटो ग्राफर दर्शन सुनारलाई नगदसहित प्रंशसा पत्रले सम्मान गरिएको थियो।



  • प्रमुख अतिथि खडकाले मन्तव्यका क्रममा बोल्दै मोना कतारले कतार तथा गृह जिल्लामा निकै राम्रा काम गर्दै आईरहेको बताउँदै सम्पुर्ण म्याग्देलीहरुलाई जिल्लाको बिकासमा सबैलाई जुटन आग्रह गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
    नेपालबाट आमन्त्रित कलाकार प्रकाश दुतराजलाई मोना कतार, बिश्वकर्मा समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतार , दलित एकता सन्जाल कतारले कार्यक्रमको स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो सहित दुतराजलाई सम्मान गरिएको थियो ।

    कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका नेपालबाट आमन्त्रित सर्जक तथा लोकदोहीरी गायक कार्यक्रमको अत्यन्त तिर 'चोली मैलो भो' बोलको गीत गाउँदै स्टेज चढेका थिए। उनले 'जाम भो माईली','जुनमाया','बैनी झ्यालैमा','मन भुल्छ', 'रिमै' लगायत दर्जन गित गाए ।दुतराजले सागिंतिक प्रस्तुति दिँदा उनले फ्यानहरुबाट वान्स मोर पाइरहे। हलमा उपस्थित दर्शकहरुले  मज्जाले झुमेर नाच्दै भरपुर्ण मनोरञ्जन लिएका थिए ।

    कार्यक्रमका संयोजक बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण कार्यक्रमका सहजकर्ता तिलु शर्मा पौडेलले गरेका थिए । सभापति पौडेलले कार्यक्रमलाई भव्य बनाउन हरकोणबाट सहयोग गर्ने र हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।

    म्याग्दी प्रवासी नेपाली संघका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा मोनाका केन्द्रीय अध्यक्ष दधीवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा स्थापित सिमित सहयोगी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि कलाकार,पत्रकार सहित दर्शकहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *