जसपाबाट उपेन्द्र, नवलकिशोर र दीपक मन्त्री बन्दै


  • जसपाबाट उपेन्द्र, नवलकिशोर र दीपक मन्त्री बन्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता समीरकण परिवर्तनपछि प्रधानमन्त्रीले आज जनता समाजवादी पार्टीलाई समेटेर तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।



  • जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।

    जसपालाई पनि समेटेपछि प्रधानमन्त्रीले संघीय संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *