सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिवर्ष ३७ हजार बढिको मृत्यु, युवामा हुक्काको प्रयोग बढ्दो 


  • सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिवर्ष ३७ हजार बढिको मृत्यु, युवामा हुक्काको प्रयोग बढ्दो 

    काठमाडौं । एक अध्ययनले नेपालना सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिघण्टा ४ जनाको मृत्यु हुने गरेको देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको पछिल्लो सर्वेक्षणमा प्रतिवर्ष ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको देखिएको हो । 

    सर्वेक्षण सन् २०२४ को सुरुआतमा सबै प्रदेशका १८ स्थान छनौट गरी गरिएको थियो । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको छ ।



  • प्रतिवेदन अनुसार १०.७ प्रतिशतले धूमपान, १८.९ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ र ४.५ प्रतिशले दुवैखाले पदार्थ प्रयोग गर्ने गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग दर पुरुषमा ५७ र महिलामा ११ प्रतिशत छ । 

    सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका  व्यक्ति धेरै छन् । यो उमेरका ५६ प्रतिशतले कुनै न कुनै प्रकारबाट प्रयोग गर्ने गरेको पाइएको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *