नैनिताल दुर्घटना : ७ नेपालीसहित १ भारतियको मृत्यू


  • नैनिताल दुर्घटना : ७ नेपालीसहित १ भारतियको मृत्यू

    महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेलाघाटमा सवारी दुर्घटनामा परि एक भारतीय सहित ७ नेपालीको मृत्यू भएको छ ।

    सोमबारराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका–८ का र अर्का एक नेपाली बर्दिया बाँसगढी नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।

    सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ–८ का धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू रहेको बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारूले जानकारी दिए ।

    उनका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरू नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

    सबैजना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्,” वडाध्यक्ष थारूले भने, “मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन् ।”



  • दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । दुर्घटनामा परी सात नेपाली नागरिकसहित जिप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।

    बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिए । उनीहरू सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दै आएका थिए ।

    सोमबार काम सकिएपछि जिप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदै हुँदै महेन्द्रनगर आउँदै थिए । जिप चढेको केही बेरमै उनीहरू दुर्घटनामा परेका थिए । 

    बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । सोमबार राति नै भारतीय प्रहरी, स्थानीयलगायत उनीहरूको उद्धारमा खटिएका थिए । रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *