तनहुँ सेवा समाजको कार्यक्रमको लागि कतार आइपुगे अस्मिता र वसन्त


  • तनहुँ सेवा समाजको कार्यक्रमको लागि कतार आइपुगे अस्मिता र वसन्त

    दर्शन सुनार/कतार: नेपालीहरुको नयाँ बर्ष २०८१-तथा ईस्लाम धर्मावलम्बीको पवित्र महान पर्व "ईद उल फितरको" अवसरमा तनहुँ सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। वृहत् सांस्कृतिक कार्यक्रम २०२४ को लागि भनेर नै आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट कलाकारहरु कतार आईपुगेका छन्।

    लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा बुधबार दिउँसो कतार आईपुगेका हुन्।कलाकारहरुलाई स्वागत गर्नको लागि तनहुँ सेवा समाज कतारका अध्यक्ष, महासचिव, कार्यसमितिका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।

    "सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको  योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै  बहुउद्देश्यीय अक्षयकोषको काेष अभिवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष पदम गिरीले जानकारी दिए। उनका अनुसार कलाकार कतार आईपुगेसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।



  • ईदको दोस्रो दिन बिहिबार दोहाको मुटुमा रहेको होलिडे ईन बिजनेश पार्क होटेलको ग्राउन्ड फ्लोरमा दिनको ठिक साढे ११ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रमको कार्यतालिका रहेको छ । कार्यक्रममा सबैलाई उपस्थितिको लागि तनहुँ सेवा समाजले अनुरोध समेत गरेको छ। कार्यक्रममा तनहुँको चिनारी "कौरा" विशेष प्रस्तुतिसँगै कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *