नेपाल मगर संघ कतारले गर्‍यो कलाकार सविता गरन्जा मगरलाई सम्मान र बिदाई


  • नेपाल मगर संघ कतारले गर्‍यो कलाकार सविता गरन्जा मगरलाई सम्मान र बिदाई

    दर्शक सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले कलाकार सबिता गरन्जा मगरलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ ।

    नेपाल मगर संघ साँस्कृतिक परिवारमा  २०१९ देखि आवद्ध रहेकी कलाकार मगर कर्मभूमि कतार बसाईलाई बिट मार्दै कतारबाटै क्रोसिया प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबी कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो।

    नेपाल मगर संघ परिवारका विशिष्ट व्यक्तित्वहरुले शुभकामना मन्तव्यको क्रममा बोल्दै सबितालाई सुखमय जीवनको कामना समेत दिएका थिए ।  संस्थागत बिदाई पश्चात् सबिताले कतारलाई बिट मारेर युरोपियन मुलुक क्रोसिया जान लागेता पनि कतार र मगर संघले दिएको मायालाई कहिले नभुल्ने बताइन्।  संघले दिएको साथलाई आफू सदैब ऋणी रहेको र संघलाई आफुले सम्झिरहने पनि उनले बताइन्।



  • संघका कार्यवाहक महासचिव सोम थापा मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापती आले मगरले  कलाकार तथा संघको कुशल स्वयं सेवकलाई बिदाई गर्दा दु:ख लागेपनि  सुनोलौ भविष्य कोर्ने ठाउमा जाँदा खुशी लागेको बताउँदै शुभ यात्रा समेत व्यक्त गरे ।

    कार्यक्रममा संघको मातहतमा रहेका विभिन्न बिभाग तथा एरिया समितीका अध्यक्ष तथा नेपाल मगर साँस्कृतिक  परिवारमा आवद्ध रहेका कलाकारहरुको उपस्थिति रहेको थियो । संघमा आवद्ध रहेका कलाकारहरुले सबितालाई मायाको कोसेली ,उपहार समेत प्रदान गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *