सौर्यपत्रका कतार संवाददाता सुनार सम्मानित


  • सौर्यपत्रका कतार संवाददाता सुनार सम्मानित

    काठमाडौं  : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका गुल्मीका दर्शन सुनार शुक्रबार सम्मानित भएका छन् l

    तमू (गुरुङ) समाज कतारले आयोजना गरेको
    "चेलीबेटी भेटघाट तथा कलाकार सम्मान कार्यक्रममा सुनार सम्मानित भएका हुन् l तमु (गुरुङ) समाजले आयोजना गरेका हरेक गतिविधिमा फोटोग्राफर र सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भन्दै फेटा (क्रेगी) र सम्मानपत्र सहित सुनारलाई  सम्मानित गरिएको हो l



  • सम्मानपछि बोल्दै उनले सम्मान पत्रले जिम्मेवारी थप्ने र थप मिहेनत गर्न ऊर्जा दिएको  बताए । आफूले आफ्नो कर्तव्य निभाएको सानो कार्यलाई सम्मान योग्य सम्झेर यति ठुलो सम्मान प्रदान गरेकोमा गुरुङ समुदाय प्रति कृतज्ञता प्रकट गरे ।

    सुनार विगत १ वर्ष देखि सौर्यपत्र अन्लाईनमा कतार सवांददाताका रुपमा कार्यरत रहेका छन्। उनी गुल्मी सेवा समाज कतारका सचिब समेत हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *