तमु गुरुङ समाज कतारले गर्‍यो चेलीबेटीसँग भेटघाट तथा सम्मान कार्यक्रम


  • तमु गुरुङ समाज कतारले गर्‍यो चेलीबेटीसँग भेटघाट तथा सम्मान कार्यक्रम

    दर्शन सुनार/कतार : "तमुहरुको एकता,आजको आवश्यकता" भन्ने मुल नाराका साथ तमु गुरुङ समाजले " चेलीबेटी भेटघाट तथा कलाकार सम्मान कार्यक्रम २०२४ सम्पन्न गरेको छ ।

    तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा शुभकामना ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको हो ।

    विधिवत् उद्घाटन सहित अघि बढेको कार्यक्रममा तमु गुरुङ समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य तथा  कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । उनले  तमुहरुको उत्पति कहाँ र कसरी भयो र माँङी त्हें को बारेमा समेत बताएका थिए ।कार्यक्रममा गायिका निशु मगर र गैर आवासिय नेपाली ताराका बिजेता रुस्तम तामाङले सांगितिक प्रस्तुति राखेका थिए ।



  • तमु गुरुङ समाज कतारको मातहतमा रहेको महिला बिभागका कलाकार,खेलाडी, चेलिबेटी,समाजले आयोजना विभिन्न कार्यकालका कार्यक्रममा विभिन्न तह र तप्का बाट आर्थिक नैतिक,भौतिक सहयोग गरेका दुई दर्जन भन्दा बढी विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रममा  समाजले दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रवासी तामाङ समाज कतार  र शेर्पा किदुङ समाज कतारले तमु गुरुङ समाज कतारलाई मायाको उपहार स्वरुप (कोशेली) प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथीको भुमिका निर्वाह गरेकी माया केसीले
    बार्ह महापुरुष र सात कन्याहरुबाट जन्म भएको गुरुङ समुदाय र तमुहरुको परम्परागत संस्कार अनुसार विशेष महत्त्वका साथ माईती र चेलीको सम्बन्धलाई प्रगाढ राख्ने कार्यक्रममा आफुलाई सम्झेर प्रमुख अतिथीको भुमिका निर्वाह गर्न दिएकोमा मनै देखि तमु समाज प्रती हार्दिक आभार ब्यक्त गरेकी थिइन्।

    समाजका महासचिव डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गुरुङले तमुहरुको संस्कार संस्कृति अनुसार दाजुभाई-चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रममा सम्मानित भएका सबै दाजु भाई तथा दिदीबहिनीहरुलाई बधाई तथा शुभकामना दिइन्।आगामी दिनमा अझै मेहनत गरेर अगाडी बढन आग्रह गर्दै नयाँ बर्ष २०८१ सालको शुभकामना समेत ब्यक्त गरिन् । कार्यक्रममा तमु गुरुङ समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *