गैर आवासिय नेपाली संघद्वारा स्वर्गीय आलमको सम्झनामा शोक सभा


  • गैर आवासिय नेपाली संघद्वारा स्वर्गीय आलमको सम्झनामा शोक सभा

    दर्शन सुनार/कतार : गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले स्वर्गीय मकसुद आलमको सम्झनामा शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पुर्व अध्यक्ष श्री मकसुद आलमको असामायिक  निधन भएको सातौ दिनमा आलमको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार सांझ सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली संघले शोक सभा कार्यक्रम गरेको हो ।

    स्वर्गीय मकसुद आलमका गृह जिल्लाका  छिमेकी एनसिसी कतारका सल्लाहकार शाकिर अलीले  स्वर्गीय आलमले नेतृत्व लिएको समयमा  ईतिहास सम्झदै नेपाली समाजमा सामाजिक क्षेत्रमा परोपकारी कार्यमा निकै अगाडी र अग्रसर रहेका आलमले गरेका काम आज पनि अविस्मरणीय रहेको बताउँदै आलम प्रती गहिरो भावंपुर्ण श्रद्धांञ्जली अर्पण गरे ।



  • शोक सभामा बोल्दै एनसिसी कतारका अध्यक्ष रमेश भट्टले केही महिना भित्रै मधेसका दुई  होनाहार समाजसेवी गुमाउनु पर्दा आफुलाई दुख लागेको बताए । सके सम्म शोक सभा कार्यक्रम गर्न नपरोस भन्ने उनले भनाई रहेको थियो । भट्टले स्वर्गीय आलमले समाजलाई दिएको योगदान सदैब अविस्मरणीय रहने  बताउदै आलमको  निधनप्रति गैर आवासिय नेपाली संघ परिवार गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा मृत आत्माको चीरशान्तिको कामना तथा परिवार र  आफन्तजन प्रति गहिरो समवेदना प्रकट गरे ।

    कार्यक्रममा गैर आवासिय नेपाली संघका सम्पुर्ण पदाधिकारी एवं आलमका  जिल्ला बासीहरुको उपस्थिति रहेको थियो शोक सभामा उपस्थित सम्पुर्णले  आलमको सम्झनामा मौन धारण गर्दै स्मृतिमा दिप प्रचलन गरी उपस्थित सबैले फुल माला चढाएर चिर शान्तीको कामना गर्दै  पुष्पञ्जली अर्पण गरेका थिए । २०२६ कार्तिक ९ गते सिराहा जिल्लामा जन्मिएका आलमकोन बिराटनगरको ब्युरो हस्पिटलमा उपचारको क्रममा २०८० चैत्र ३० गते मृत्यु भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *