गठबन्धन जुनसुकै समयमा पनी टुट्न सक्छ : माधव नेपाल


  • गठबन्धन जुनसुकै समयमा पनी टुट्न सक्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन जुनसुकै बेला टुट्न सक्ने संकेत गर्दै आशंका व्यक्त गरेका छन् ।

    नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन सहज ढंगले अघि नबढेको भन्दै कतिन्जेल टिक्छ भन्न नसकिने बताएका हुन् ।



  • नयाँ गठबन्धनमा आफूहरुले सहज नमानीरहेको उनको भनाई थियो । ‘गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसैले कतिन्जेल टिक्छ भन्न सकिँदैन । हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ,’ उनले भने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *