आईजीपी कुँवर फ्रान्स प्रस्थान,निमित्तको जिम्मेवारी राईलाई


  • आईजीपी कुँवर फ्रान्स प्रस्थान,निमित्तको जिम्मेवारी राईलाई

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन उनी फ्रान्स गएका हुन् ।

    इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।



  • प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *