लमजुङ सेवा समाज कतारद्वारा ‘रमाइलो भेटघाट तथा वनभोज कार्यक्रम’ सम्पन्न


  • लमजुङ सेवा समाज कतारद्वारा 'रमाइलो भेटघाट तथा वनभोज कार्यक्रम' सम्पन्न

    दर्शन सुनार/कतार : लमजुङ सेवा समाज कतारद्वारा वनभोज कार्यक्रम गरिएको छ। 'दु:ख सुखमा साथ,लमजुङ सेवा समाज' भन्ने मुल नाराका साथ लमजुङ सेवा समाज कतारले शुक्रबार  'रमाईलो भेटघाट तथा वनभोज कार्यक्रम' रमाइलो तरिकाले सम्पन्न गरेको छ ।

    वनभोज कार्यक्रममा लमजुङ सेवा समाज कतारका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि पौडेलले मन्तव्यका क्रममा बोल्दै प्रवासमा रहेको समाज सुखदु:खको चौतारी रहेको बताउँदै प्रवासमा रहेर एक अर्काको सहयात्री बन्न समेत सवैलाई आग्रह गरेका थिए । प्रवासमा रहँदा एकअर्कासँग चिरपरिचित हुन सकिएन भने प्रवास बसाईमा दु:ख र कठिनाई हुने भएकोले दुख पर्दा एकले अर्कोलाई सहयोग गरेर अगाडी बढन जरुरी रहेको पनि पौडेलको भनाइ थियो।



  • समाजका द्वितीय उपाध्यक्ष बिनोद थापा मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको मुख्य  उद्धेश्यको बारेमा प्रष्ट पारेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति समेत रहेको थियो । लमजुङ जिल्लाबाट रोजगारीको सन्दर्भमा कतारलाई कर्मथलो बनाउँदै आएका लमजुङे दाजुभाइ तथा दिदिबहिनीहरुलाई समेट्ने उद्धेश्यले आयोजना गरेको वनभोज कार्यक्रममा समाजले सदस्यता बिस्तार गर्नुका साथै २०८१ को क्यालेन्डरको बिमोचन समेत गरेको थियो ।

    कार्यक्रममा रमाइलो गेम पनि खेलाइएको थियो।
    उपस्थित सहभागीहरु मध्यबाट लक्की ड्र मार्फत पाँच जनालाई उपहार प्रदान गरिएको थियो ।साथै  तमु समाज कतारद्वारा लमजुङ सेवा समाजलाई माइती स्वरुप कोसेली हस्तान्तरण गरिएको थियो ।

    समाजका संस्थापक अध्यक्ष संरक्षकहरु
    ,सल्लाहकारहरु, कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु लगायत कतारलाई कर्मथलो  बनाउँदै आएका लमजुङ्गेहरुको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।

    समाजका महासचिव रबिन्द्र भन्डारीले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै सभापति बस्यौलाले कतारमा रहेका लमजुङ्गेहरुलाई एकै ठाउमा भेला गरेर पारिवारिक माहोलको सिर्जना गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *