राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार


  • राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए । “चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु । जसबेला प्रतिनिधिसभाको निर्वाचनमा जाने भनिएको थियो, त्यतिबेला निर्णय भए म जाने पनि थिएँ । अहिले अनावश्यकरूपमा चर्चा गर्नुको अर्थ छैन । कोरानाको महामारी छ । जाडो मौसम आउँदैछ । चिसोले मानिस कठ्याङ्ग्रिने अवस्था हुन्छ । डोल्पाबाट आधा मानिसहरू उँधो झर्न थालिसके । यस्तो अवस्थामा डोल्पामा उपचुनाव हुन सम्भव छैन । डोल्पा मात्र होइन, मेरो कुनै पनि निर्वाचन क्षेत्रमा चुनाव लड्ने मानसिकता पनि छैन । पार्टीको निर्णयले म राष्ट्रियसभामा जान पाइरहेकै छु । बरु तपाईंले सक्नुहुन्छ भने आजै निर्णय गरिदिनुस् । राष्ट्रपतिलाई निर्णय कार्यान्वयन गर्न भनिदिनुस् । भोलि गरिदिए पनि हुन्छ । म राष्ट्रियसभामै जान्छु भनेर प्रधानमन्त्रीलाई भनिसकेको छु ।” बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *