पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना संक्रमण


  • पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना संक्रमण
  • काठमाडौं । ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    गत बिहीबार रथ तान्न बेला भएका स्थानीयलाई प्रहरीले रोक्न खोज्दा भएको झडपका बेला ड्युटीमा हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई निर्घात कुटेको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई कोरोना देखिएको हो । पक्राउ परेका १७ जनालाई क्वारेन्टाइनमा राखेर गरिएको पीसीआर परीक्षणमा ६ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने अझै पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसअघि सोही दिन ड्युटीमा खटिएका १८ जनामा प्रहरीमा पनि कोरोना पुष्टि भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *