उपत्यकामा ३२६ जनासहित देशभर ९७९ नयाँ संक्रमित थपिए


  • उपत्यकामा ३२६ जनासहित देशभर ९७९ नयाँ संक्रमित थपिए
  • काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ३२६ जनासहित देशभर ९७९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *