सुशान्त सिंह निधन प्रकरण : रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय


  • सुशान्त सिंह निधन प्रकरण : रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय
  • काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ । मृत्युपछि पनि अहिले सुशान्त समाचारमा छाइरहेका छन् ।
    सुशान्त सिंह राजपुत निधन प्रकरणमा अनुसन्धानको क्रममा नयाँ खुलासाहरु हुँदै आइरहेको छ । यसैबीच यस घटनाको अनुसन्धानको क्रममा  सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परिसकेकी छिन् । am.jpg भारतिय मिडियाका अनुसार  सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले उनलाई पक्राउ गरेको बताइएको छ । तर उनलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो । सुशान्तको मृत्युसँग जोडिएको ड्रग्सको लेन देनको केसमा पक्राउ परेकी उनलाई लाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिएको भारतिय मिडियामा जनाइएको छ । am.jpg एनसिबीले रियालाई १४ दिन न्यायिक हिरासतमा लिन माग गरेको थियो । रियाका वकिलले जमानत माग गरे पनि अदालतले वकिलको माग खारेज गरि १४ दिनको जेल सजाय सुनाएको हो । सुशान्त  जुन महिनाको १४ तारिखमा आफ्नै फ्ल्याटमा पासो लागेको अवस्थामा मृत भेटिएका थिए।  अहिले यस घटनामा सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *