भोकमरी परेकालाई खाना खुवाउँदै नायिका एलिजा गौतम (फोटो)


  • भोकमरी परेकालाई खाना खुवाउँदै नायिका एलिजा गौतम (फोटो)

    नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन् । हन्ड्रेड ग्रुपले लकडाउन भए यता त्यस क्षेत्रका असहाय र चाक टार्न असमर्थलाई खाना खुवाइरहेको छ । आर्थिक सहयोग गर्न एलिजालाई मेलबर्नमा रहेकी वर्षा केसी र हिमाल श्रेष्ठले सहकार्य गरेका हुन् । एलिजाले आफ्नै हातले खाना खुवाएकी हुन् । तस्बिरमा हेरौँ एलिजाको समाज सेवा!!



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *