नेकपामा अब सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई गालीगलौज गर्न रोक लगाइने


  • नेकपामा अब सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई गालीगलौज गर्न रोक लगाइने

    काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला विभिन्न गुट उपगुट छन् । घरघरमै गुटउपगुटको बैठक बस्ने गरेको छ । एउटा पक्षले अर्को पक्षलाई तथाना गालीगलौज गरिरहेको छ । कतिसम्म अलिअलि बचेको राजनीतिक साख पनि सामाजिक सञ्जालमा लेखेर हुर्मत लिन थालिएको छ । यस्तो प्रवृत्ति बढ्दै गएपछि  नेकपाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । पार्टीले सामाजिक सञ्जालका साथै मिडियामा पनि कुनै नेतालाई गालीगलौज गर्न नपाइने नीति अघि सारेको छ । बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको मापदण्डमा यस्तो कुरा उल्लेख छ । स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’ पार्टीमा जसले जसलाई जे गरे जे भने पनि हुने प्रवृत्ति मौलाउँदै जाँदा कटुतापूर्ण स्थितिको सिर्जना भएको ठहर नेकपाका अध्यक्षद्वयले गरेका छन् । ‘आन्तरिक विवादलाई कटुतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशित र पार्टी भित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ,’ प्रस्तावमा भनिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *