मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ


  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

    काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना अभियुक्त पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका ७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(९ बस्ने २२ वर्षीया कमला लामा रहेका छन् । उनीहरुले २ जना व्यक्तिलाई २०७६ साउनमा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पु¥याई ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ । उनीहरु उपरमानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *