निर्माता रोहित अधिकारीको नया फिल्ममा अनमोलको सम्भावना कति ?


  • निर्माता रोहित अधिकारीको नया फिल्ममा अनमोलको सम्भावना कति ?

    निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् ।
    रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका छन् । उनै, रोहित आफ्ना अघिल्ला २ चलचित्रमा जस्तै यसपटक पनि स्टार नायक नै रोज्ने बताउँछन् । चलचित्र ‘छ माया छपक्कै’को शेयर पुरा नपाएका कारण आफूले कलाकार साइन गर्न नपाएको उनको भनाई छ । रोहित भन्छन्–‘मैले बनाउने चलचित्र व्यवसायिक हुन्छन् । कमर्सियल भ्यालु भएको चलचित्रका लागि नाम चलेको स्टार कलाकार चाहिन्छ । यसैले, यसपटक पनि चलचित्र क्षेत्रमा नाम चलेका स्टार नायक नै लिने तयारी भैरहेको छ ।’ उनको उक्त प्रोजेक्टमा अभिनेता अनमोल केसि नै रहने हल्ला पनि सिने बजारमा यदाकदा सुनिन थालेको छ । तर, यथार्थको लागि भने प्रतीक्षा गर्नैपर्ने हुन्छ । यस्तै रोहितले चलचित्रका लागि नयाँ अनुहार पनि भित्राउने संकेत गरे । रोहित दिनेश राउतसँगको सहकार्यमा चलचित्र निर्माणमा ह्याट्रिक गर्ने दाउमा छन् । यसैले, उनले यो चलचित्रलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *