आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण एजेन्डा


  • आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण एजेन्डा

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
    केही महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्नेलगायतका निर्णय गर्ने स्रोतले जानकारी दियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबारबाटै सकिएको छ । त्यसैले आज बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको नियुक्ति गर्ने निर्णय गर्ने भएको छ । त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पनि निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ । गौतमलाई सांसद बनाएपछि मन्त्रिपरिषद् हेरफेर गरिने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *