जुम्लामा सुरु भयो डा.गोविन्द केसीको १९ औँ सत्याग्रह


  • जुम्लामा सुरु भयो डा.गोविन्द केसीको १९ औँ सत्याग्रह

    काठमाडौं । डा. गोविन्द केसीले १९औँ सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आएका डा. केसीले जुम्लामा १९औँ सत्याग्रह सुरु गरेका हुन् ।
    जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनी अनसन बसेका हुन् । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै सरकारसँग सहमतिमा तोड्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी पुनः अनसनमा बसेका हुन् । कोरोनाभाइरस संक्रमण बढेका बेला जुम्लामा स्वास्थ्य सेवामा खटिएका उनलाई स्थानीय प्रशासनले होटेलबाहिर निस्किन नदिएको भन्दै विरोध भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *