वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण


  • वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी सोल्टी होटलको आइसोलेसनमा छन्।
    आइतबार स्वाब दिएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन भर्ना भएका हुन् । तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट दक्षिण सुडान लगेका उनलाई कोरोना देखिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *