थप उपचारका लागि क्रिकेटर भण्डारी काठमाडौँको ग्रान्डी अस्पतालमा


  • थप उपचारका लागि क्रिकेटर भण्डारी काठमाडौँको ग्रान्डी अस्पतालमा

    काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । गम्भीर मोटरसाइकल दुर्घटनापछि धनगढी र कोहलपुरमा प्रारम्भिक उपचार गरिरहेका भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको थियो। जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका कञ्चनपु्र प्रहरीले जानकारी दिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *