असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय


  • असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय

    काठमाडौं– सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन (छोटो, मध्यम र लामो दूरीको) संचालन गर्न दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो । गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् ।मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो ।१८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस हुन सकेन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *