छुरा प्रहार गरी बाबुले लिए छोराको ज्यान


  • छुरा प्रहार गरी बाबुले लिए छोराको ज्यान
  • काठमाडौं - पर्सामा बुवाले छुरा प्रहार गरी छोराको ज्यान लिएका छन् । पोखरिया नगरपालिका ६ को सिर्सियामा भनाभन हुँदा बाबुले छोरामाथि छुरा प्रहार गरेका हुन् ।
    प्रहरीका अनुसार सोमबार साझँ ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारले ३५ वर्षीय छोरा माधव साह रौनियारमाथि छुरा प्रहार गरेका हुन् । रक्सीको तालमा उनीहरुबीच भनाभन भएको बताइएको छ । बुबाले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका छोरालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *