असोज १ गतेदेखि लामो दुरीका बस चल्ने, भाडा ५० प्रतिशत बढी


  • असोज १ गतेदेखि लामो दुरीका बस चल्ने, भाडा ५० प्रतिशत बढी
  • काठमाडौं । लामो दुरीका सवारीसाधन असोज १ गतेबाट चल्न पाउने भएका छन् । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन हुने बताएका हुन् ।
    लामो दुरीका बस सञ्चालन गर्दा सुरक्षाका उपाय अपनाउदै ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइने बताइएको छ । सिटमा एकजनामात्रै यात्रु राख्न पाइने भएकाले व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । त्यस्तै बसमा अनिवार्य मास्क लगाउनु पर्ने, ढोका र गाडीभित्र स्यानिटाइजर राख्नु पर्ने व्यस्था सरकारले गरेको छ । त्यस्तै असोज १ गतेबाट आन्तरिक उडान पनि सञ्चालन हुने ज्ञवालीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *