कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल


  • कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र प्रेमसुन्दर श्रेष्ठ उनको उपचारमा खटिएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ltr shashank.jpg

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *