लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका


  • लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका

    काठमाडौं - बलिउडका चर्चित अभिनेता शाहरुख खान अब नयाँ फिल्ममा देखिने भएका छन् । उनी अभिनेत्री दीपिका पादुकोणसँग फिल्म सनकी मा एकसाथ देखिने बताइएको छ ।
    लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारले पनि यी दुईको जोडिलाई रिुचाएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको कथा पनि मन परेको बताइएको छ । यसअघि यी दुईको जोडिलाई फिल्म ओम शान्ति ओम र चेन्नई एक्सप्रेसमा देखिएको थियो । अब फिल्म सनकी २०२१ को सुरुवातमा फ्लोरमा जाने भारतिय मिडियामा जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *