भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि…


  • भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि...
  • काठमाडौँ। स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा एक महिला व्यस्त सडकमा आफ्नो कारबाट खसेकी छिन्। बेलायतको व्यस्त सडकमा आफ्नो कारको झ्यालबाट निक्लेर स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा महिला सडकमा खसेकी त्यहाँको प्रहरीले जनाएको छ। लन्डनको दक्षिण मोटरवेमा उक्त महिला सडकमा खसेकी सर्रे प्रहरीले जनाएको छ।
    सामाजिक संजाल ट्वीटर मार्फत सर्रे प्रहरीले उक्त घटनाको जानकारी दिएको हो। प्रहरीले महिलाको नाम भने गोप्य राखेको छ। प्रहरीले ट्वीटरमा लेखेको छ, ’ भाग्यवस ति महिलालाई केहि भएन । यस्तो व्यस्त सडकमा उनी लडेर पनि घाइते नहुनमा उनको दिन बलियो रहेछ। ।’ सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिँदा विश्वव्यापी करिब २५९ जनाको मृत्यु भएको जर्नल अफ फ्यामिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित एक अध्ययनले देखाएको छ। अन्वेषकहरूका अनुसार सबैभन्दा बढी सेल्फी लिँदा मृत्यु हुनेमा भारतमा रहेको छ भने रसिया, अमेरिका र पाकिस्तान क्रमशः दोश्रो, तेस्रो र चौथो स्थानमा छन् । सेल्फी लिँदा मृत्यु हुनेमा ३० वर्ष भन्दा कम उमेर भएका ७२ प्रतिशत पुरुषहरू रहेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *