महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण


  • महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण
  • काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन र विशेष महाधिवेशनबारे आफूले भन्दै नभनेको विषयमा समाचार आएको भन्दै आपत्ति जनाएका छन् । पुरानै महाधिवेशन प्रतिनिधिलाई कायम गरेर भए पनि आगामी फागुनमै १४औं महाधिवेशन गर्नुपर्छ भनी आइतबार पौडेलले बोलेको समाचार आएको थियो ।
    तर, सोमबार उनले सामाजिक सञ्जालमार्फत महाधिवेशन र विशेष महाधिवेशनबारे प्रस्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको पाइएको छ । त्यसमा मेरो भनाइ यो छ– मैले गत महासमितिको वैठकदेखि नै पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर ‘सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं’ भन्दै आएको छु । नेपाली कांग्रेसको वर्तमान बिधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले बढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ। जसअनुसार विधानतः आउँदो फागुनउता यो समिति कायम रहने आधार समाप्त हुँदैछ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *