अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो


  • अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो
  • काठमाडौँ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध षडयन्त्र गर्न विषाक्त रसायनिकयुक्त खाम पठाइएको छ। अमेरिकी अनुसन्धान एजेन्सीकाअनुसार केहि दिन यता ह्वाइट हाउस र केही विभागहरुमा रिसिन भनिने खतरनाक विषाक्त रसायन भएको खाम पाठाइएको छ।
    यस षड्यन्त्रलाई पुरा गर्न स्थानीय हुलाक प्रणाली प्रयोग भएको ह्वाइट हाउस एक अधिकारीले बताए। न्युयोर्क टाइम्सका अनुसार अनुसन्धान एजेन्सीले उक्त खामहरु क्यानाडाबाट आएको हुनुपर्ने अनुमान गरेका छन्। यसैबीच, यस घटनाको अनुसन्धान गर्दै जाँदा एक महिलालाई प्रहरीले हिरासतमा लिएको छ। यद्यपि, महिलाको नाम भने सार्वजनिक गरिएको छैन। सबै खामहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो। खामलाई टेक्सासको अन्वेषणको क्रममा पत्ता लागेका हो। ह्वाइट हाउसमा सबै आगमन हुने पत्रहरुलाई राम्ररी जाँच गरि मात्र ह्वाइट हाउसमा पठाइने न्युयोर्क टाइम्सले जनाएको छ। यस विषयमा अनुसन्धानगर्न जोइन्ट टेरोरिजम टास्क फोर्सलाई खटाइएको छ। न्यूयोर्क पुलिसको विशेष इकाईले अनुसन्धान एजेन्सीलाई सहयोग पु¥याउने न्युयोर्क टाइम्स जनाएको छ । यद्यपि, रिसिन सहितका खामहरू कुनै आतंकवादी संगठनसँग नजोडिएको न्यूयोर्क पुलिसका एक अधिकारीले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *