डा. गोविन्द केसी नेपालगन्जमा, आज भेरीमा बस्ने


  • डा. गोविन्द केसी नेपालगन्जमा, आज भेरीमा बस्ने
  • नेपालगन्ज ५, असोज । जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ । जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको जुम्लाका सिडिओ भुपेन्द्र थापाले स्वास्थ्य पेजलाई जानकारी दिनभयोे । जुम्लाबाट डा केसी समिट विमानबाट नेपालगन्ज पुग्नुभएको हो । राँझा विमानस्थलबाट डा केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा लैजान लागिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । आज काठमाडौंको उडान नभएपछि डा केसी भेरी अस्पतालमा बस्ने कार्यक्रम तय भएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा केसी भोली काठमान्डौको यात्रामा निस्कने कार्यक्रम छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *