आज ११५४ जना कोरोना स‌ंक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज


  • आज ११५४ जना कोरोना स‌ंक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज
  • काठमाडौं ५, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना स‌ंक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना स‌ंक्रमित रहेका छन्। यस्तै काठमाडौँका ५३८, काभ्रेका १०, दोलखाका ३, धादिङका ६, नुवाकोटका ५, भक्तपुरका ७४, मकवानपुरका ३, ललितपुरका ६२, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १८, नवलपरासी पुर्वका २, पर्वतका १, अर्घाखाँचीका ७, कपिलवस्तुका ९, नवलपरासीका २४, पाल्पाका ४, प्युठानका ७, बाँकेका ५२, रुकुमवुर्वका ९, सुर्खेतका २८, अछामका ३, कञ्चनपुरका ७, कैलालीका ३७, डढेलधुराका ४, डोटीका १, बझाङका १६, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ अजार २ सय ३८ पुगेको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *