कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु


  • कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु
  • काठमाडौं ५, असोज । नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *