लगातारको झरीले यी क्षेत्रमा बढ्यो बाढी तथा पहिरोको जोखिम



  • काठमाडौं ८, असोज । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै नारायणी नदीमा पनि बाढी आएको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह भन्दा माथि गएको र बढ्दो क्रममा रहेकाले खतराको तह नजिक पुग्ने जनाइएको छ । चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालार्य दिनभर नै उच्च सतर्कक अवस्थामा रहन मौसम विभागले आग्रह गरेको छ । यस्तै लगातारको वर्षाका कारण देश विभिन्न क्षेत्रमा पहिरोको जोखिम पनि बढेकाले सतर्क बन्न मौसमविद तथा पहिरो विज्ञले आग्रह गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *