आजबाट तातोपानी नाका पुर्णरुपमा संचालनमा आयो


  • आजबाट तातोपानी नाका पुर्णरुपमा संचालनमा आयो
  • काठमाडौं, १९ असोज । चीनसँग नेपालले ब्यापारिक कारोबार गर्ने प्रमुख नाका तातोपानी नाका आजबाट पूर्ण रुपमा संचालनमा आएको छ । डेढ महिना अघि तिब्बतको प्रशासनले खासा भन्दामाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम रहेको भन्दै नाका बन्द गराएको थियो । तर पछिल्लो समय बर्षा हुनेक्रम घटेपछि ताल फुटेने संभावना टरेपछि नाका खुलेको हो । नाका पुन: संचालन गर्नेबारे गत आसोज १३ गते नेपाल र चीन पक्षका अधिकारीहरुबीच भएको छलफलपछि औपचारिक निर्णय भएको थियो । त्यापछि केही मालवाहक यातायातहरू छिट्फूट रूपमा नेपाल प्रवेश गर्न थालेका थिए । सोमबार आज मात्रै तातोपानी नाकाबाट १२ वटा कन्टेनरबाट नेपालतर्फ सामान भित्र्याइएको छ । नाकामा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै २९ जनाको २ टोली निर्माण गरिएको छ । यसअघि २५ जनाको टाली थिए । त्यसमा ४ जना पुन थपेर २९ जना बनाइएको हो । उनीहरुको ५ दिनको फरकमा कोरोना भाइरस परीक्षण गरिदै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *