प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला


  • प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला
  • बुटवल २९, असोज । प्रदेश पाँचमा विहीबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको कोभिड १९ सम्वन्धी मिडिया व्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ३ सय ८८ जनामा भाइरस संक्रमण देखिएको जानकारी दिनुभयोे । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ठूलो संख्यामा संक्रमित फेला परेको भन्दै थप सजगता अपनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । विहीबार रुपन्देहिमा १ सय २९, प्यूठानमा ५२, दाङमा ४५, बाँकेमा ४४, नवलपरासी पश्चिममा ३१ जनामा भाइरस देखिएको छ । यस्तै गुल्मीमा १५, कपिलबस्तुमा १२, पाल्पामा ९ र अर्घाखाँचीमा १ जनामा भाइरस देखिएको छ । योसँगै प्रदेशमा संक्रमितको कूल संख्या १४ हजार ४ सय ९८ पुगेको छ । यसमा संक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९४ जना रहेका छन् । विहीबार ३ सय ११ जना डिस्चार्ज भएसँगै प्रदेशमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार ६ सय ५१ पुगेको छ । अहिलेसम्म प्रदेशमा भाइरस संक्रमणबाट १ सय १४ जनाले ज्यान गुमाइसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *