नातिले लिए हजुरबुवाको ज्यान


  • नातिले लिए हजुरबुवाको ज्यान
  • काठमाडौं - धनकुटामा नातिले हजुरबुवाको ज्यान लिएका छन् । सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईले ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईमाथि सोमबार कुटपीट गरेका हुन् ।
    अबिनाशको कुटपिटबाट गम्भीर घाइते भएका हजुरबुबा भत्तबहादुरको  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट फत्तबहादुरको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *