प्रधानमन्त्री ओलीले गरे पृतनापति सम्मेलनलाई सम्बोधन


  • प्रधानमन्त्री ओलीले गरे पृतनापति सम्मेलनलाई सम्बोधन
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पृतनापति सम्मेलनलाई सम्बोधन गरेका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारबाटै भर्चुअल माध्यमबाट नेपाली सेनाको पृतनापति सम्मेलनलाई सम्बोधन गरेका हुन् ।
    पृतनापतिको सम्मेलन तीन दिनसम्म चल्नेछ । सेनाले हरेक ६–६ महिनामा नियमित रुपमा पृतनापतिको सम्मेलन गर्दै आएको छ । यसपटक देशको शान्ति सुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता र भावी रणनीतिबारे समीक्षा गर्न भर्चुअल माध्यमबाट सम्मेलन भएको हो । सम्मेलनमा नेपाली सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वीपृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *